‘पुजार सार्की’को ट्रेलरलाई रुचाए दर्शकले



रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलरलाई दर्शकले रुचाएका छन। मंगलबार राजधानमा पत्रकार सम्मेलनका बीच रिलिज गरिएको फिल्मको ट्रेलरले दर्शकको साथ पाइरहेको छ अहिले। यो समाचार तयार गर्दा सम्म आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह स्टारर फिल्मको ट्रेलरलाई करिब ११ लाख पटक हेरीसकिएको छ। ४ मिनेट लामो ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असर देखाउन खोजिएको छ।

दिनेश राउत निर्देशित फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्