‘रावायण’मा एयरलाइन्स पार्ट्नरको रुपमा जोडियो यति एयर्लाइन्स



रंगखबर, काठमाडौँ: निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चामा रहेको फिल्म “रावायण”को छायांकन अहिले धम्धम चलिरहेको छ। फिल्मको छायांकन नसकिदै विभिन्न ब्रान्डको नाम फिल्मसँग जोडिन सुरु भएको छ । यही क्रममा एयर्लाइन्स पार्ट्नरको रुपमा यति एयरलाइन्स फिल्ममा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग आज मात्र निर्मात्री तथा अभिनेत्री पूजा शर्माले सम्झौता गरेकी छिन। उनले सहकार्य गरि हात मिलाएको तस्विर सार्वजनिक गर्दै यो जानकारी दिएकि हुन्।

फिल्ममा कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन,भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन छ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।

फिल्म वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्