‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्रि



रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिषा हमालको मुख्य अभिनय रहेको फिल्म ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ ।

राज बहादुर साने निर्देशित फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै फिल्मको विदेश राइट्स बिक्रि भएसँगै ‘सिटामोल’लाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको सानेले बताए । फिल्मको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए ।

हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको फिल्म माओवादी जनयुद्धको पृष्ठभूमिमा आधारित भएर बनेको हो। सौगात र बेनिशाका साथै फिल्ममा  लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, पवन भट्टराई, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय छ ।

तुलसीदेवी फिल्मको प्रस्तुति रहेको फिल्मको गीतमा बाबुल गिरीको संगीत रहेको छ भने दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् ।

प्रतिक्रिया दिनुहोस्