पूजाले गरिन ‘क्युट एण्ड साइन ब्युटी हब’को उद्घाटन



रंगखबर, काठमाडौं: ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हब सञ्चालनमा आएको छ । हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन् ।

अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा सम्झनुपर्ने बताइन् । ‘सुरुवाती दिन आफ्ना लागि ठूलो समय जस्तो लाग्छ । त्यो समयभन्दा ठूलो समय अरु केही लाग्दैन । मेरो घर कुसुन्ती हो । कुसुन्तीबाट जावलाखेल भनेको मेरो जन्म भएदेखिको ठाउँ हो । मेरो जीवन नै जावलाखेलमा नै बिताइयो’, उनले भनिन्, ‘अझ जावलाखेलमा नै यो हब खुलेकाले मैले नयाँ घर पाएँ जस्तो लागेको छ । मलाई माया गर्ने सबैजनालाई यो हबमा आइदिन आग्रह गर्छु । महिलाहरुका लागि सेफ जोन जस्तै देखेकी छु ।’ पूजाले समयले भ्याएसम्म सबैले स्किन केयर गर्नुपर्ने सुझाव दिइन् । ‘उमेरमै केयर गर्यौं भने पछि राम्रो हुन्छ । पछि गरौंला भन्दा त्यो समय ढिलो भइसकेको हुन्छ । त्यसकारण सुरुदेखि नै मेन्टेन गरौं’, उनले सुझाइन्, ‘अहिले त उमेर छ, जे गरे पनि सुहाउँछ । तर पछिको लागि सोच्नुपर्ने हुन्छ । पछिको लागि नै अहिलेदेखि तयारी हौं ।’

हबकी सञ्चालिका सरु श्रेष्ठका अनुसार हबमा वेलेस, स्पा र बाथका सुविधा छन् । हबले पीएमयू, स्किन केयर र हेयर कट एण्ड केयरमा एडभान्स र स्पेसल तालिम पनि दिने उनले बताइन् ।
सरु १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा छिन् । जावलाखेलको शाखा तेस्रो शाखा हो । ‘ब्युटीसँग सम्बन्धित सबै सुविधाहरु एकै ठाउँमा सुरु गर्न लागेका हौं । जसरी भाटभटेनीमा जाँदा सबै कुराहरु पाइन्छ, त्यसरी नै सौन्दर्यसँग सम्बन्धित सबै सुविधाहरु दिनका लागि यो हब सञ्चालनमा ल्याएका हौं’, उनले भनिन् ।

सञ्चालिका सरुले अभिनेत्री पूजाको सरलपन, कर्मप्रतिको इमान्दारिता र हरेक युवतीको मनमा बस्न सफल भएकाले उनलाई प्रमुख अतिथीका रुपमा हबको उद्घाटनमा बोलाइएको खुलाइन् ।

 

प्रतिक्रिया दिनुहोस्