यस्तो बन्यो ‘घरज्वाइँ’को टिजर



रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  केहि दिन अघि फस्ट लुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले अब भने फिल्मको प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। सार्वजनिक १ मिनेट ५८ सेकेन्ड लामो टिजर दया र मिरुनाको वरपर घुमेको छ। टिजरमा दयाहाङले मिरुनालाई पाउन गरेको संघर्षलाई देख्न सकिन्छ।

अनिल बुढा मगरको निर्देशित फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । पूर्वी रुकुम आसपासका क्षेत्रमा खिचिएको फिल्मको कथा निर्देशक अनिलले नै लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन ।फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ, भने फिल्मलाई कृष्ण भन्डारीको सम्पादन रहेको छ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका साथै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको पनि अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्