‘१२ गाउँ’को शुभ मुहूर्त सहित छायांकन सुरु



रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरेन फिल्म ‘१२ गाउँ’को शुभ मुहूर्त सहित छायांकन सुरु भएको छ।  ललितपुरको हात्तीवनबाट सुरु भएको छायांकन अघि निर्माण टिमले मुर्हत पूजाको योजना गरेको थियो। मुर्हतमा फिल्मका कास्ट एण्ड क्रूको उपस्थिति रहेको थियो। पूजामा विराजका चोर समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो अभिनेत्री सनिशा भट्टराई लगायतका कलाकारहरुको सहभागी भएका थिए। यी तिन कलाकारहरुले सोहि फिल्मबाट नेपाली सिने नगरीमा डेब्युपनि गर्न लागेका हुन। त्यसै गरि साउथ र भोजपुरी फिल्ममा काम गरिसकेका अभिनेता कनिज कोइराला पनि सेटमा देखिएका थिए।

४५ दिनको छायांकन सेड्युल रखिएको फिल्मलाई महेश पौडेलले छायांकन गरिरहेका छन। फिल्मलाई ललितपुर, वीरगञ्ज, हेटौंडा लगायतका ठाउँमा फिल्म खिच्ने तयारी निर्माण टिमको छ ।

एक्सन–थ्रिलर जनरामा बन्न लागेको फिल्ममा सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको पनि यो फिल्ममा अभिनय रहनेछ ।

विराज भट्टको दोश्रो निर्देशकीय फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गर्नेछन् । एक्सन–थ्रिलर जनरामा यो फिल्म बन्न लागेको हो ।

फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्