‘ह्रस्व दीर्घ’बाट विपना र प्रदीपको क्यारेक्टर लुक सार्वजनिक



रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेत्री विपना थापा र साउथका लोकप्रिय अभिनेता प्रदीप रावतको क्यारेक्टर लुक सार्वजनिक भएको छ।  आइतबार सार्वजनिक गरिएको पोस्टरमा विपना र प्रदिपलाई फिचर्ड गरिएको छ।

असोज ११ गतेरिलिजको तयारीमा रहेको फिल्मका निर्माण टिमले यस अघि अभिनेता हरिहर अधिकारी र अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो ।

अभिनेत्री नीताको पनि मुख्य भूमिका रहेको फिल्मका निर्माण टिमले उनको भने क्यारेक्टर लुक अहिले सम्म रिलिज गरेका छैनन् । चन्द्र पन्त निर्देशित यो फिल्ममा नेपाली तथा भारतीय कलाकारको संयुक्त अभिनय छ ।

फिल्ममा सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम तथा विजय रावतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्