‘लण्डन टु पेरिस’को ट्रेलर रिलिज



रंगखबर,काठमाडौँ: जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ। युटुवमा रिलिज गरिएको ट्रेलर हेर्न फिल्म ट्रयाङ्गल लव स्टोरीमा बनेको भान हुन्छ। ३ मिनेट लामो फिल्मको ट्रेलरमा निर्माण टिमले फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मालाई केन्द्रमा राखेका छन। निर्माण टिमले यस अघि फिल्मको गीत र पोस्टर सार्वजनिक गरिसकेको छ।

घनश्याम लामिछाने निर्देशित फिल्म ट्राभल लभ स्टोरीको कथामा तयार भएको हो। फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।

अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताको रुपमा छन् । एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् ।

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लगनेश फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर, फिरोज खड्काको मुख्य सहायक निर्देशन छ । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले नेपालभर वितरण गर्नेछन् ।

फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धी लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्