४० दिनमा सकियो ‘खुस्मा’को सम्पूर्ण छायाङ्कन



रंगखबर,काठमाडौँ: फ्लोरमा गएको ४० दिन पछि धिरज मगर र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को सम्पूर्ण  छायाङ्कन सकिएको छ। पहिलो र दोश्रो चरणको सेड्युल राखेर सुरु गरिएको फिल्मको छायांकन मनाङ र  पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा भएको हो।

मगर समुदायको कथामा आधारित फिल्मलाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन्।  वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता रहेको फिल्मको सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।

फिल्ममा धिरज र उपासनाका साथै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्