‘लन्डन टु पेरिस’को ट्रेलर भिउज दयनीय, खस्कियो साम्राज्ञीको स्टारडम ?



रंगखबर, काठमाडौँ: यहि जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लन्डन टु पेरिस’को ट्रेलर हिजो मात्र सार्वजनिक भएको छ। रिलिज मिति नजिकिदै गर्दा सार्वजनिक गरिएको फिल्मको ट्रेलर दर्शकको नजरमा पर्न सकिरहेको छैन। यो रिपोर्ट बनाउदा सम्म फिल्मको ट्रेलरले जम्मा १ लाख ६ हजार मात्र भिउज पाएको छ।

स्टारडममा अब्बल मानिएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरले रिलिज भएको २४ घण्टा बितिसक्दा पनि जम्मा १ लाख भिउज पाउनु भनेको एकदमै दयनीय देखिएको छ। फिल्मको ट्रेलर फ्लप भएसंगै अहिले साम्राज्ञीको स्टारडममा पनि प्रश्न चिन्न लाग्न थालेको छ। उनकै फेसबुक र इन्स्टाग्रामका फ़लोवर्सको संख्याका आधारमा पनि फिल्मको ट्रेलरको भिउज ६ लाख बढी त् हुनु पर्ने हो तर अहिले उनकै फलोवार्सले पनि फिल्मको ट्रेलरलाई खासै ध्यान दिएका छैनन्।

फर्की फर्की बाट जसरी अनमोल केसीले आफ्नो स्टारडमलाई पुन: जगाएका छन्  त्यसैगरी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि स्टारडम पुन: जगाउने छ । तर उनलाई दर्शकको साथ पाउने गार्हो भईरहेको छ अहिले।
यस्तै हो भने सम्राज्ञीको लण्डन टु पेरिसले फिल्मी बजारबाट राम्रो साथ पाउन नसक्ने पक्का जस्तै भएको छ। लगातार फ्लपको ट्याग पाएकी उनलाई लण्डन टु पेरिस नचलेको खण्डमा सिनेनगरीमा टिक्न गार्हो जस्तै हुने अड्कल सजिलै गर्न सकिन्छ।  त्यस माथि अहिले उनिसंग भिड्न  दयाहाङ राई ‘गाउँ आएको बाटो’ लिएर सेम डेटमा आएका छन। दयाहाङ र साम्राज्ञी एउटै मितिमा भिड्ने भए पछि फिल्म लन्डन टु पेरिसका निर्माण टिम अहिले तनावमा छ।  हुन त फिल्मका टिमले प्रमोसनमा खासै ध्यान नदिनु पनि फिल्म नचल्ने अर्को कारण बन्न सक्छ।

घनश्याम लामिछाने निर्देशित फिल्म ट्राभल लभ स्टोरीको कथामा तयार भएको हो। फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ । फिल्ममा साम्राज्ञी सहित कबिर खड्का, निश्चल खड्का र गरिमा शर्माका साथै रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धी लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्