रंगखबर, काठमाडौँ: सुपरहिट फिल्म ‘मङ्गलम’को दोश्रो भाग बन्ने भएको छ। २०७४ सालमा निर्माण भएको फिल्मलाई अहिले पनि दर्शकले सझिरहेका छन्। विशेषत फिल्मको पर्ख पर्ख मायालु बोलको गीतमा आम दर्शकहरुले अहिले कम्मर भाच्ने गरेका छन्।
मङ्गलमलाई निर्माता छविराज ओझाले निर्माण गरेका थिए भने दोश्रो भागमा छवी र दिजेन्द्र शाक्यले निर्माण गरेका भएका हुन्। फिल्मलाई पहिलो भाग निर्देशन गरेका निर्दशक नवल नेपालले नै निर्देशन गर्ने भएका छन्।
छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा बन्ने फिल्मको पहिलो भागमा अभिनेत्री शिल्पा पोखरेल र पुष्प खड्काको मुख्य भूमिका रहेको थियो भने दोश्रो भागमा अहिले सम्म कोको कलाकारहरु रहनेछन भनेर निर्माण टिमले जानकारी दिएको छैन।
‘मङ्गलम २’कालागि निर्माता ओझाले निर्देशक नवल नेपाललाई आइतबार अनुबन्ध गरेको जानकारी दिदै फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक गर्ने पनि जानकारी दिएका छन।
जे होस् पुष्प र शिल्पाको हिट जोडीलाई अरु कसैले रिप्लेस गर्छन कि यी दुईलाई नै पुन : फिल्ममा देख्न सकिन्छ त्यो भने हेर्न बाकि नै छ।