‘मायाबी’को प्रचारमा कुनै कसर छोडेनन् पलले, ‘मायाबीमय’ बन्दै महोत्सवहरु



रंगखबर, काठमाडौँ: फागुन १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मायाबी’को प्रचारमा अभिनेता पल शाहले कुनै पनि कसर बाकि छोडेका छैनन् अहिले।  उनि पुग्ने हरेक महोत्सवमा शाहले आफ्नो फिल्म ‘मायाबी’लाई प्रचार गरिरहेका हुन्छन्।

अहिले नेपालका हरेक महोत्सव पल र ‘मायाबीमय’ नै भएको छ भन्दा फरक नपर्ला। नेपालका अधिकांश ठाउँमा भईरहेको महोत्सवमा पललाई हेर्न दर्शकको घुईचो लाग्न थालेको छ। पललाई हेर्न हरेक महोत्सवमा १ लाख माथि दर्शकहरु पुग्ने गरेका छन।

एक त महोत्सवको माहोल अनि पलको आगामी फिल्म ‘मायाबी’ रिलिजको मुखमा। हो अहिले अभिनेता पल शाहलाई उखान ‘के खोज्छस कानो आखोँ ‘ जस्तै भएको छ। महोत्सवमा पलले यतिबेला दर्शकलाई आफ्नो प्रस्तुतिले झुमाई मात्र राखेका छैनन् आफ्नो फिल्म ‘मायाबी’को पनि जोडतोडले प्रचार गरिरहेका छन्। पल अहिले आफ्नो फिल्मको गीतमा आफुसँगै दर्शकमा मात्र नचाईरहेका छैनन् , दर्शकलाई टिसर्ट वितरण गरेका छन् भने फिल्मको पोस्टर पनि उनले दर्शकलाई दिइरहेका छन् ।

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘मायाबीमा पल शाहको साथमा दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्