‘एक्टरः टेक वन’को ट्रेलर हेरेपछि दर्शक भन्छन, ‘सुपरस्टार प्रदिप खड्काको विकल्प कोही छैन’



रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टरः टेक वन’को ट्रेलर अहिले आम दर्शकमा चर्चामा रहेको छ। शुक्रबारमात्र रिलिज भएको ट्रेलरले युटुवमा दर्शकको राम्रो साथ पाएको छ। अहिले फिल्मको ट्रेलर युटुव ट्रेन्डिङको दोश्रो स्थानमा पुगेको छ भने भिउज पनि उत्साहजनक रहेको छ। यो रिपोर्ट बनाउँदा सम्म फिल्मको ट्रेलरलाई झन्डै १९ लाख पटक हेरी सकिएको छ। सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन् ।

अब कुरा गरौ ट्रेलरलाई लिएर दर्शकले दिएको प्रतिक्रियाबारे एक जना युटुव प्रयोगकर्ताले ट्रेलर हेरेपछि लेख्छन ‘यो फिल्म twist अनि कौतहलता देखाउने खालको लाग्यो जसमा झन् versatile नायक प्रदिप खड्का उधुम्मै हिट त पक्का हुन्छ।’ त्यसै गरि अर्का युजर लेख्छन ‘यो फिल्मको कथाले ठूलो अपेक्षाएँ बनाएको छ।’ त्यस्तै Dialogue delivery of Pradeep K hadka is amazing day by day he is prove only one versatile actor who can do role of gaule and lover boy, No one is option of superstar Pradeep Khadka अर्थात् प्रदिप खड्काको डायलग डेलिभरी गजब छ ❤ दिन प्रतिदिन गाउले र लभरको भुमिका गर्न सक्ने एक मात्र बहुमुखी अभिनेता साबित हुदैछन। सुपरस्टार प्रदिप खड्काको विकल्प कोही छैन ‘

त्यसै गरि ‘क्रिकेटकाे All-rounder “दिपेन्द्र सिङ ऐरि” र अभिनयकाे All-rounder “प्रदिप खड्का ” भन्दै अर्का युजरले फिल्मको ट्रेलरमा प्रतिक्रिया दिएका छन। हो यस्तै यस्तै सकारात्मक प्रतिक्रियाले भारिएको छ अहिले फिल्म एक्टरको ट्रेलरको कमेन्ट बक्स।

उत्साहजनक प्रतिक्रियाले अहिले फिल्मका निर्माण टिमपनि दङ्ग देखिएको छ। प्रचारमा कुनै पनि कसर बाकी नराखेको फिल्म एक्टरमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिभ्या रायमाझी, राज बल्लभ कोईराला, दिव्य देव लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ। फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्