‘एक्लो’बाट विजय लामाको क्यारेक्टर लुक रिलिज



 

रंगखबर, काठमाडौँ: साइन्स फिक्सन फिल्म ‘एक्लो’बाट अभिनेता विजय लामाको क्यारेक्टर लुक रिलिज गरिएको छ। भर्खरै सार्वजनिक भएको पोस्टरमा अभिनेता लामालाई बृद्ध अवस्थामा देखाईएको छ।  उनि फिल्ममा भिष्मको क्यारेक्टर देखिने जानकारी निर्माण टिमले दिएका छन। उनको पोस्टरको साईडमा  इन्टरड्युसिङ्ग मुटु लेखिएको छ।

यस अघि निर्माण टिमले फिल्मका अन्य कलाकारहरुको पनि क्यारेक्टर लूक्स रिलिज गरिसकेको छ। प्रदिप शाहीको निर्देशन रहेको साईन्स फिक्सनको अहिले  लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। फिल्मको सम्पूर्ण कामहरु पछि मात्र निर्माण टिमले रिलिज मिति तय गर्ने निर्माण टिमको योजना रहेको छ।

मल्टिस्टारर फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको मुख्य भूमिका रहेको छ।

एक्लोलाई  राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन निर्माण गरेका हुन् भने  कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोण प्रसाद पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्