शरीरमा आगो लगाएर सुशिलले दिए ‘आउटलः दफा २१९’को एक्सन सट



रंगखबर, काठमाडौँ: अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘आउटलः दफा २१९’ चर्चा चुलिन थालेको छ। विशेषत सुशिल श्रेष्ठको एक्सनका कारण चर्चामा रहेको फिल्म अहिले आम दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। आउटलमा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।

विभिन्न प्रचार सामाग्रीहरु दर्शकमाझ पस्किरहेको निर्माण टिमले अब भने अर्को प्रचार सामग्री दर्शकमाझ ल्याएको छ। निर्माण टिमले हालै मात्र  सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य खिचेका छन जुन अहिले टिमले प्रचारका लागि प्रयोग गरेका छन। यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।

उक्त दृश्य हेर्दा सुशिलको मिहिनेत फिल्ममा कती छ भन्ने प्रष्ट हुन्छ । निर्माणपक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ ।

टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्