‘दुःखी आत्मा’को रोमान्टिक गीतमा पर्फेक्ट दया र आँचल



रंगखबर, काठमाडौँ: आम दर्शकमाझ प्रतिक्षित बनिरहेको फिल्म ‘दुःखी आत्मा’को रोमान्टिक गीत छायांकन भएको छ। फिल्मका मुख्य पात्र दयाहाङ राई र नायिका आँचल शर्मालाई लिएर निर्माण टिमले उक्त गीत भक्तपुर दरबार स्क्वायरमा छायांकन गरेको हो। हालै मात्र निर्माण टिमले दया र आँचलको केहि तस्बिरहरु सार्वजनिक गरेका छन जसमा यी दुईलाई पर्फेक्ट देखिएको छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतलाई केहि दिनमै रिलिज गर्ने निर्माण टिमले जानकारी पनि दिएको छ।

फिल्मको टिजर र ब्रेक अप कविता रिलिज भएसँगै फिल्मको चर्चा यतिबेला ह्वात्तै बढिरहेको छ। फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्