धिरजको इन्ट्रीसँगै ‘माइतीघर’को आर्टिस्ट लाइनअप पुरा



रंगखबर, काठमाडौँ: औपचारिक घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘माइतीघर’का लागि कलाकारहरुको लाइनअप पुरा भएको छ। रोहित अधिकारीले निर्माण गर्ने फिल्ममा अभिनेता धिरज मगरको प्रवेश भएसँगै फिल्मका लागि लिड आर्टिस्टहरुको लाइनअप पुरा भएको हो। यस अघि फिल्मको मुख्य कलाकारहरुमा केदार घिमिरे,  प्रकाश सपुत, बुद्धि तामाङ, उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा फाईनल भई सकेका छन्।

मिलन तामाङको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि फिल्म रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।

फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ भने चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । फिल्मका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

फिल्मका मुख्य अभिनेताहरु केदार, प्रकाश र धिरज माईतीघरबाट नै फिल्ममा पहिलोपटक एकसाथ देखा पर्न लागेका हुन्। आम दर्शकमाझ अहिले स्टारकास्टलाई लिएर एकप्रकारको उत्साह सुरु भईसकेको छ। अब यी कलाकारहरुले दर्शकलाई कतिको रिझाउन सक्छन भन्ने हेर्नलाई आगामी दशैँ नै पर्खनु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्