करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ फिल्मले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि फिल्मको प्रदर्शन रोकिएको थियो । त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिहको छ ।
फिल्मको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत जालमाको समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत आज एक कार्यक्रमका बीच रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् । गायनमा काली र सोमिया बराईली रहेका छन् ।
फिल्मलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनले नै लेखेका हुन् । फिल्ममा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । फिल्मयो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा रहेको छ ।