इन्द्रकला र रुपेशको ‘ननिदाई रातैभरि’ रिलिज



रंगखबर, काठमाडौँ: गायिका इन्द्रकला राई र गायक रुपेश राईको आवाजमा नयाँ गीत रिलिज गरिएको छ। सार्वजनिक ‘ननिदाई रातैभरि’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ। एक जोडीले आफ्नो प्रेमको लागि गरेको संघर्षलाई समेटी बनाइएको गीतको भिडियोलाई संचारकर्मी त्रिषा केसीले निर्देशन गरेकी छन। गीतको भिडियोमा मिस्टर काजीको कोरियोग्राफी देख्न सकिन्छ।

गीतमा एलिश कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको लिरिक्स तथा एरेन्ज, टेकेन्द्र शाहको सम्पादन, रुप मानन्धरको मेक अप रहेको छ।

रुपेश राईको लगानीमा बनेको गीतको भिडियोलाई रुपेश थापाले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्