फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो।
अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ।
गीतको भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईको द्वन्द्व-रोमान्स देख्न सकिन्छ। रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।
यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन्। शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन्।
एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो। रोशन मिराजको लेखन–निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।
अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो ।




