रंगखबर, काठमाडौँ : अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा नातावाद र समूहवादको मुद्दा चर्किन थालिसकेको छ। अभिनेत्री कंगना रनावतले दिएको अभिव्यक्तिसँगै अहिले सुशान्तले आत्महत्या गर्नुको मुख्य कारण नातावाद र समूहवादलाई नै मानेर बलिउडका केहि हस्ती एवंम सर्वसाधारणले खुलेर यसको विरोध जनाईरहेका छन।
यसको चपेटामा सबै भन्दा बढी भने अभिनेत्री अलिया भट्ट परेकी छिन। जसको प्रत्यक्ष कारण हो उनको इन्स्टाग्रामको आईडी। आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखले उनलाई फलो गरेका थिए । तर सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ६० लाख पुगेको छ। सामाजिक संजालमा अलियाको निकै विरोधका साथै नकारात्मक गालीको पनि ओईरो लागेको छ। कतिपय नकारात्मक टिप्पणीलाई आलियाले हटाई पनि सकेकी छन।




