‘कृष्ण लीला’ ट्रेलर: श्रद्धासँग पुष्पको निर्दोष प्रेम !



रंगखबर, काठमाडौँ – पुष्प खड्का स्टारर फिल्म ‘कृष्ण लीला’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा प्रेम, रोमान्स र सस्पेन्स प्रयोग गरिएको छ ।

राष्ट्रिय अवार्ड विजेता अभिनेता पुष्प फिल्मको ट्रेलरमा छाएका छन् । उनको अड्केर बोल्ने लवज र निर्दोष प्रेमले दर्शकलाई आकर्षित गर्छ । फिल्ममा पुष्पको जोडीको रुपमा श्रद्धा क्षेत्री छन् । उनलाई लभरगर्ल र प्रहरीको भूमिकामा देख्न सकिन्छ ।

लक्ष्मण सुवेदीले लेखेका केहि संवाद मन छुने छन् । दीपक ओलीले निर्देशन गरेको फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

चैत २७ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्ममा शिव ढकाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मका निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । यस्तै रत्न श्रेष्ठको कार्यकारी निर्माणमा पिताम्बर आचार्य र रोजन श्रेष्ठले सह-लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्