‘रेशम फिलिली’को दोश्रो शृंखला बन्ने, कोको दोहोरिए ?



रंगखबर, काठमाडौँ: २०१५ को ब्लकबस्टर फिल्म ‘रेशम फिलिली’ को दोश्रो शृंखला बन्ने भएको छ।  प्रदर्शन भएको ७ बर्ष पछि फिल्मका निर्माण टिमले दोश्रो शृंखला निर्माण गर्न लागेको हो। ‘रेशम फिलिली’लाई प्रनव जोशीले निर्देशन गरेका थिए भने दोश्रो शृंखलाको भने अहिले सम्म निर्देशक भने फिक्स भैसकेको छैन। नेपाली र भारतीय कम्पनिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको हाल धमाधम स्क्रिप्टको काम भईरहेको छ।

बिनय श्रेष्ठ र मेनुका प्रधानको हिट जोडी दोश्रो शृंखलामा पनि देखिनेछन भने बिनय श्रेष्ठ अहिले पटकथा लेखनमा ब्यस्त छन। फिल्ममा विनय र मेनुकाका अलावा कर्मा, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया समेत दोहोरिने छन। माधव वाग्लेले निर्माण गर्न लागेको फिल्म विनय श्रेष्ठको कम्पनि भी मोक्सन पिक्चर्सको पनि साथ रहनेछ। फिल्मको ‘पिरतीको छाता ओढाउँला’ बोलको गीत अहिले पनि दर्शक माझ ताजै छ।  फिल्मको छायांकन यसै बर्ष देखि नै हुने जानकारी पनि बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्