३ बर्ष देखि ‘रुबी’कै गेटअपमा जसिता



रंगखबर, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म हो ‘ ज्याकी: आई एम ट्वान्टी वान’। फिल्मको फस्टलुक, टिजर र गीत सार्वजनिक भएसंगै फिल्मले युवादर्शक प्रति एकप्रकारको हाईप क्रिएट गरिसकेको छ। फिल्ममा धिरज मगर र जसीता गुरुङलाई मुख्य भूमिकामा देख्न सकिन्छ। जसिता गुरुङको यो तेस्रो प्रोजेक्ट हो। फिल्ममा जसिताले ‘रुबी ‘ पात्रको भूमिका निर्वाह गरेकी छिन्। फिल्मको छायांकन सकेको ३ बर्ष बितिसक्दा पनि जसितालाई अहिले सम्म रुबी पात्रले छोडेको छैन। उनि सार्वजनिक कार्यक्रममा पनि ‘रुबी ‘ पात्रकै गेटअप गरेर हिड्ने गर्छिन।

यसै साता एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘कथा’ बोलको गीत रिलिज गरिएको थियो, जहाँ जसिता रुबीकै गेटअपमा देखिएकी थिईन। जसले गर्दा उनि हरेक व्यक्तिको ध्यान तान्नपनि सफल बनेकी थिईन।
किन होला आखिर जसितालाई रुबी पात्रले यति धेरै छोएको भन्ने मिडियाकर्मीको प्रश्नमा जसिता उत्साहित हुदै भन्छिन्–‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबी यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । त्यसैले , मसँग रुबी नजिक छिन् । म रुवीलाई कहिले पनि छाड्न सक्दिनँ । आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबी’ सधै आफ्नो मनमा बस्ने बताइन्।

फिल्मकी निर्देशक रेनशा वान्तवा राइले आफ्नै फिल्मको कार्यक्रममा भनिन् ‘कुनै पनि कलाकारले ३ बर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबी पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’ फिल्मका टिम अहिले प्रमोसनमा तीव्र रुपले लागिरहेका छन।

प्रतिक्रिया दिनुहोस्