‘डबल ट्रिपल’ आगामी फूलपातीबाट



रंगखबर, काठमाडौँ: अशोक शर्माको निर्देशनमा बन्ने आगामी फिल्म  ‘डबल ट्रिपल’को रिलिज डेट लक्ड भएको छ।फिल्म आगामी दशैंको फूलपातीको दिन स्वदेश विदेशमा एकसाथ रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ।

फिल्ममा अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत, मनोज पण्डितको स्क्रिप्ट, शान बस्न्यातको संवाद, आलोक शुक्लाको डिओपी, राजु किराँतीको द्वन्द्व, सुनिल छेत्रीको कोरियोग्राफी रहनेछ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

फिल्ममा किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको लगानी रहनेछ।

प्रतिक्रिया दिनुहोस्