रंगखबर, काठमाडौँ: प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’ अहिले नेपाली हलहरुमा सफलताका साथ प्रदर्शन भई रहेको छ। एक्सन प्याक्ड फिल्मलाई दर्शकले मन पराईरहेका छन् अहिले। ४ बर्ष पछि कमब्याक गर्दै सोहि फिल्मबाट अभिनयमा फर्किएका सुशीलको कामको चौतर्फी तारिफपनि भईरहेको छ।
यसै बीच अभिनेता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि भिडियो र फोटोहरु दर्शकमाझ सेयर गरेका छन्। उनले उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्–‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् ।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले संझिएका छन् ।
उनले लेखेका छन्–‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने ।’
सुशीलले फिल्म नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।
विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । फिल्मले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ ।



