रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘जेरीः अन टप’ अहिले पनि छायांकन सेटमै रहेको छ। यसैबीच निर्माण टिम विदेश अधिकार महँगो रकममा विक्री भएको जानकारी दिएको छ ।
सरोज न्यौपानेको लगानीमा निर्माण भईरहेको फिल्मलाई अष्ट्रेलिया बाहेकको विदेश अधिकार लालीगुराँस एसोसिएसनले खरिद गरेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार ‘जेरीः अन टप’को ओभरसिज राइट्स महँगो रकममा विक्री भएको हो ।
सुयोग गुरुङले एक्सन कट गरिरहेको फिल्ममा फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको अहिले सम्म प्रदर्शन मिति तय भईसकेको छैन।



