‘महादशा’मा निरुता र उत्तमको प्रवेश



रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्देशन गर्ने फिल्म ‘महादशा’मा सुपरहिट जोडी निरुता सिंह र उत्तम प्रधानको प्रवेश भएको छ। निर्माण टिम र यी दुई कलाकार बीच सम्झौता भएकोको निर्माण टिमको जानकारी रहेको छ।
उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ।

पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतार–चढाव आइरहेका बेला यस्तो ठूलो नाम र अनुभव भएका कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ।

फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता जगाएको छ।  लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के  शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्