‘जेरी अन टप’को ‘कस्तुरी’ एकाएक किन हट्यो युट्युब बाट ?



रंगखबर, काठमाडौँ: फिल्म ‘जेरी अन टप’को ‘कस्तुरी’ बोलको गीत युट्युवबाट हटेको छ।  हिजो सोमबार मात्र निर्माण टिमले गीत सार्वजनिक गरेको थियो।  तर प्राविधिक कारण देखाउँदै निर्माण टिमले केहि दिनका लागि गीतलाई रिमुभ गरेको छ।

अभिनेता अनमोल केसीले गीत रिमुभ भएपछि सामाजिक संजालमा दर्शकसँग माफी माग्दै प्राविधिक समस्या आएपछि गीत हटेको भन्दै लेखेका छन्।

हिजो सार्वजनिक गीतमा आशिष गुबाजु र सदिक्षा कट्टेलको अवाज, जयन जे वाईबाको शब्द, संगीत र साउण्ड डिजाईन रहेको छ।

हेमराज बिसीको कथा रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । फिल्ममा विस्वास तिम्सिनाको पटकथा तथा दुलिप रेग्मीको छायांकन छ ।

अनन्या फिल्म्सको ब्यानर तथा सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। फिल्मको टिमले यस अघि टिजर सार्वजनिक गरेर चर्चामा रहेको छ।

फिल्ममा युवापुस्ताका चर्चित अनि सफल अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकार शीर्ष अभिनयमा छन् ।

फिल्मलाई नेपालभित्र रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागत र फ्रण्टलाइनर स्टारकास्ट समावेश यो फिल्मलाई वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्