नेहर बुढाथोकी बने सर्वोत्कृष्ट मोर्डन गायक



गायक नेहर बुढाथोकी चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३ बाट सम्मानित भएका छन्। भृकुटीमण्डपस्थित पुलिस क्लबमा सम्पन्न अवार्ड समारोहमा बुढाथोकीले आफ्नो चर्चित गीत ‘देउतालाई भाकी के मागु’ बाट सर्वोत्कृष्ट मोर्डन गायन विधाको अवार्ड जित्न सफल भएका हुन्।

अवार्ड प्राप्त गरेपछि बुढाथोकीले यस सफलताले आफूलाई आगामी दिनमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा मिलेको बताए। उनले आफ्ना गीतप्रति दर्शक तथा श्रोताले देखाएको माया र साथप्रति आभार व्यक्त गरेका छन्।

नेहर बुढाथोकीका गीतहरू पछिल्लो समय संगीतप्रेमीमाझ निकै लोकप्रिय छन्। उनका चर्चित गीतहरूमा ‘तिम्रो यादमा’, ‘भाग्यले जासम्म डोराउँछ’, ‘तिम्रै हात समाई हिँडुलानी’ तथा ‘देउतालाई भाकी के मागु’ रहेका छन्।

‘देउतालाई भाकी के मागु’ गीतबाट प्राप्त यो सम्मानले नेपाली संगीत क्षेत्रमा नेहर बुढाथोकीको योगदानलाई थप स्थापित गरेको संगीतकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्