काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०८३ मा मोडल तथा कलाकार बिक्रम बुढाथोकीलाई ‘दशक सम्मान’ प्रदान गरिएको छ।
अवार्ड प्राप्त गरेपछि बुढाथोकीले आफ्नो एक दशक लामो यात्रालाई संघर्ष, आँसु, खुसी, सपना र सम्झनाले भरिएको अमूल्य अध्यायका रूपमा सम्झिएका छन्। उनले यो यात्राले आफूलाई धैर्य गर्न, हार्दा पनि मुस्कुराउन र आफ्नै बाटोमा अघि बढ्न सिकाएको बताएका छन्।
उनले आफ्नो यात्रामा विश्वास गर्ने तथा हरेक उतार–चढावमा साथ दिने दर्शक, शुभचिन्तक, अग्रज र सहकर्मीप्रति आभार व्यक्त गरेका छन्। ‘एक दशक पूरा भयो, तर सपना अझै सकिएको छैन। अझै धेरै कथा भन्न बाँकी छ,’ बुढाथोकीले भनेका छन्।
उनले आफ्नो एक दशकको यात्रा दर्शक तथा शुभचिन्तकको माया र साथकै कारण सम्भव भएको भन्दै सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।




