“तथास्तुको हिरो रेखा होइन स्क्रिप्ट हो, स्क्रिप्टको हिरो रेखा हो” : सविर श्रेष्ठ



रंग खबर, काठमाण्डौं, पौष ०७– आगामी पौष २५ गतेबाट देशभर प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु यो वर्षकै एक प्रतिक्षित फिल्मका रुपमा लिइएको छ । एक्सन लेडी रेखा थापाको मुख्य अभिनय रहेकाले पनि यसको प्रतिक्षा दर्शकमाझ बढी नै रहेको बुझिन्छ । रेखा जुन फिल्ममा खेल्छिन् त्यो फिल्ममा उनलाई हिरोको रुपमा लिइने गरिन्छ ।

Tathastu

तर, निर्देशक सविर श्रेष्ठले फिल्म ‘तथास्तु’ को हिरो एक्सन लेडी रेखा थापा नभएको बताएका छन् । उसो भए को हो त ‘तथास्तु’ को हिरो ? निर्माता समेत रहेका सविर श्रेष्ठले भने, ‘स्क्रिप्ट नै ‘तथास्तु’ को हिरो हो ।’ जगदिश्वेर थापाले लेखेको स्क्रिप्ट बलियो रहेको सविरको तर्क छ । उनका अनुसार जगदिश्वेर थापाले लेखेको ‘तथास्तु’ को स्क्रिप्ट समसामयिक छ । स्क्रिप्टको डिमान्डमा रेखा फिट भएकी हुन् ।

रेखा फिल्मस् बाहेक बाहिरी ब्यानरका फिल्म खेल्न मनाही गरेकी रेखा पनि निर्देशक श्रेष्ठको भनाईसँग सहमत छिन् । हिम्मतवाली रेखा भन्छिन्, ‘स्क्रिप्ट मन परेर नै म ‘तथास्तु’ मा खेल्न राजी भएको हुँ । ‘तथास्तु’ समग्र नारी वर्गको पक्षमा बोल्ने फिल्म हो ।’ समग्र नारी पक्षको फिल्म रहेकाले ‘तथास्तु’ पनि सफल बन्ने रेखाको अपेक्षा छ । रेखा फिल्मस्बाट तत्काल निर्मित नारी प्रधान ‘काली’ र ‘हिम्मतवाली’ व्यावसायिक सफल फिल्महरु हुन् । रेखा भन्छिन्, ‘मेरो अघिल्ला फिल्महरु जस्तै तथास्तुलाई पनि दर्शकले मन पराउनु हुन्छ भन्ने मेरो विश्वास छ ।’ रेखासँगै ‘तथास्तु’ मा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको अभिनय छ ।

फिल्म ‘तथास्तु’ यतिबेला चर्चामा छ । रेखा थापा, गीत संगीत र प्रोमोमा समावेश एक्सन पक्षले सविर श्रेष्ठ निर्देशित ‘तथास्तु’ प्रतिक्षित बनेको हो । बसन्त सापकोटाको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्म ‘तथास्तु’ को निर्माणमा सविरले रामप्रसाद धितालसँग सहकार्य गरेका छन् । कमल राई, कविराज गहतराज र रामजी लामिछाने फिल्मका नृत्य निर्देशक हुन् ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/HrcxSo3e3v0[/its_video]

 

प्रतिक्रिया दिनुहोस्