‘वीर विक्रम’ हिरोइन दियालाई लिन एयरपोर्टमै पुगे मिलन (भिडियो सहित)



रंग खबर, काठमाडौँ | ‘वीर विक्रम’ अभिनेत्री दिया पुन लन्डनबाट नेपाल फिरेकी छिन । लन्डन प्रिमिएर सकाएर नेपाल प्रचार-प्रसारका लागि दिया आज बिहान नेपाल ल्याण्ड भएकी हुन् । दियालाई लिन निर्देशक मिलन चाम्स आफ्ना टिमसंग एयरपोर्ट नै पुगेका थिए ।

IMG_0240

 

नेपाल ल्याण्ड हुदा हर्षित मुद्रामा देखिएकी दिया मिडियासंग फिल्म र करियरका बारेमा गफिएकी थिइन् । भदौ ३ मा रिलिज हुने ‘वीर विक्रम’का लागि नेपाल आएकी दिया फिल्म रिलिज सम्म नेपालनै रहनेछिन ।

IMG_0256

बिहानै दियालाई लिन एयरपोर्ट पुगेका मिलनले दियालाई खादाको सट्टा ‘वीर विक्रम’को टिसर्ट लागएर स्वागत गरेका थिए । नेपाली फिल्मको पचार-प्रसारमा हिरोइनको मुख्य भूमिका हुने भएकाले दियालाई नेपाल झिकाएको बताउदै मिलनले ‘मैले ल्याइदिने काम हो ल्याइदिए अब दियालाई प्रयोग गरेर फिल्मको पचार-प्रसारमा सहयोग पुर्याइदिन मिडियालाई आग्रह गरे ।

IMG_0301

फिल्ममा दुयासँगै दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसैन लिड रोलमा छन् ।

IMG_0314

 

Watch Here Video:-

 

प्रतिक्रिया दिनुहोस्