चैत १ देखि छायाँकनमा ‘अघोरी’



रंगखबर, काठमाडौँ – पंचायत कालको परिवेशमा ग्रामिण भेगको द्वन्दात्मक प्रेमकथामा फिल्म ‘अघोरी’ निर्माण हुने भएको छ । फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।

बिलभ्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा प्रज्वल गिरी, शारदा राज्यलक्ष्मी शाह, मुनम मल्ल ठकुरी, उमेश खड्का, बिन्दा तामाङ, सुरबीर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीलगायतको अभिनय रहनेछ ।

पूर्वी नेपालदेखि काठमाडौँ, मुस्ताङ र दुवईसम्मको लोकेशन छनोट गरिएको फिल्मलाई चैत १ देखि खिचिनेछ । ३५ दिनको छायाँकन सेड्युल तय गरिएको फिल्मलाई दिक्षा पाठकले निर्माण गर्नेछिन । 

फिल्ममा दीपक शर्मा/ओम सुनार/सरोज कोइराला/सुमन राईको संगीत, पवन गौतमको छायाँकन र रजु किराँतको द्वन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्