‘द म्यान फ्रम काठमाडौँ’ रेड कार्पेट प्रिमियर (फोटो फिचर)



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को विहिबार बेलुका उपत्यकामा प्रिमियर सम्पन्न गरिएको थियो । ललितपुरस्थित लाबिम मलमा आयोजित प्रिमियरमा आगन्तुक पाहुनाले तीन पर्दा भरिभराउ भए ।

पेमा धोन्डुप निर्देशित एक्सन ड्रामा हेर्न विशिष्ट व्यक्तित्व र फिल्मकर्मी/पत्रकारको घुइँचो थियो । प्रिमियरमा बलिउड अभिनेता गुल्सन ग्रोवर केन्द्रिय आकर्षणमा रहे । उनको उपस्थिति पश्चात रेड कार्पेट गर्माएको थियो । त्यसमा आना शर्माको हट पहिरणले सबैको ध्यान केन्द्रित गरेको थियो ।

फिल्म सकिए पश्चात पाहुनाबाट भने मिश्रीत प्रतिक्रिया पायो । अधिकाँसले फिल्मको मेकिङ र ब्याकग्राउण्ड म्युजिकले मन जितेको बताए । तर, पूर्णरुपमा फिल्म बुझ्न गाह्रो भएको बोले । 

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्