‘घामड शेरे’ फर्स्टलुक आउट, कार्तिक ८ मा रिलिज



रंगखबर, काठमाडौँ – हेमराज बिसीको निर्देशन बनेको फिल्म ‘घामड शेरे’को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शिर्ष कलाकार निश्चल बस्नेत चित्रित छन् । धुलोले छोपिएको उनको अवतारले कौतुहलता जगाउँछ ।

सार्वजनिक पोस्टरमा फिल्मको नयाँ रिलिज डेट पनि छापिएको छ । यसअघि असोज ३ मा आउने भनिएको फिल्म अब तिहार लक्षित गरि कार्तिक ६ मा रिलिज हुनेछ ।

फिल्ममा निश्चलले स्वस्तिमा खड्कासँग जोडी बाँधेका छन् । यी दुई फिचरिङ गीत ‘कुटुमा कुटु’ युट्युबमा सर्वाधिक हेरिएको छ । जसको भ्युज मात्रै ११० मिलियन (११ करोड) माथि छ । फिल्ममा भने दुवैले पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् ।

निर्देशक बिसीकै कथा, पटकथा र निर्माण रहेको फिल्ममा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, गौरी मल्ल (अतिथि भूमिकामा) र रोयलगायतका कलाकारको अभिनय छ । सोसियल कमेडी फिल्म बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्