‘डंका पिट्यो’मा साहिल र कुसुमको होली



रंगखबर, काठमाडौँ – कार्तिक २९ गते रिलिज हुने फिल्म ‘मिस्टर नेपालीको नयाँ गीत सार्वजनिक गरिएको छ । होली परिवेशमा खिचिएको ‘डंका पिट्यो’ बोलमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।

गीतमा देव भुषालको शब्द, दीपक शर्माको संगीत र डेभिड शंकरको एकल गायन छ । साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोललगायतका कलाकारले गीतमा होली उत्सव मनाएका छन् ।

देव भुषालको लेखन, निर्देशन रहेको फिल्ममा भुवन केसी, सरोज खनाल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, राजेन्द्र गिरीलगायतको पनि अभिनय छ ।

प्रेमराज दाहालले निर्माण गरेको फिल्मले विदेशमा रहने नेपालीको नेपालप्रतिको माया, मोह प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्