‘लभ डायरिज’ को  ‘छम छम छ’ सार्वजनिक



रंगखबर, काठमाडौँ – ट्वीन्स गर्ल प्रिन्सी/प्रिज्मा र बालगायिकाप्रेमकथामा आधारित फिल्म ‘लभ डायरिज’ को  ‘छम छम छम…’ बोलको सार्वजनिक  छ।  गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेले स्वर भरेका छन् । प्रविण सिंहले कोरियोग्राफी भरेको गीतले फिल्मको हाइप निर्माणमा सघाउ पुर्याउनेमा  निर्माण टिम विश्वस्त छ ।ट्वीन्स गर्ल प्रिन्सी/प्रिज्मा र बालगायिका कमला सहित फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाललाई गीतमा फिचर्ड गरिएको छ।  गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ ।

गीत हेर्नुस :

सौरभ चौधरी निर्देशित फिल्ममा मधु बास्तोलाको कथा/पटकथा, संजय लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन छ । विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधरको सह-निर्माण छ ।
फिल्म आउँदो फागुन २ गते अर्थात् प्रेम दिवशका दिन देखि अल नेपाल प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्