रवि लामिछानेसहित तिनै जना निर्दोष सावित



रंगखबर, काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने निर्दोष सावित भएका छन् ।

न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् ।

आइतबार जिल्ला अदालत चितवनले लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई निर्दोष ठहर गरेको हो । पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगको मुद्दा चलेको थियो ।

पुडासैनीले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको भनि भिडियो सार्वजनिक गरेका थिए । त्यसैको आधारमा पुडासैनीका परिवारले तीन जनाविरुद्द मुद्दा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्