डान्समा आधारित फिल्म ‘वोर्न टू डान्स’ निर्माण हुने



रंगखबर, काठमाडौँ – आजभोलि नेपाली फिल्ममा विषयले स्थान पाउन थालेका छन् । त्यसैले बेलाबखत लभस्टोरी, कमेडी, एक्सन र फ्यामिली ड्रामाको ह्याङओभरबाट निस्किएर नयाँ जनरामा फिल्म निर्माणको गृहकार्य देख्न मिलिरहेको छ ।

यस्तैमा नेपालमै पहिलो पटक डान्स ड्रामा बन्ने भएको छ । एबी इन्टरनेशनलले डान्समा आधारित फिल्म ‘वोर्न टू डान्स’ घोषणा गरेको छ ।

वास्तविक कथामा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाले लगानी गर्नेछन् । यो टिमको पछिल्लो फिल्म ‘पासवर्ड’ रिलिज भैसकेको छ । तर, बक्सअफिसमा फ्लप सावित भयो ।

एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टलाई अमन तमाङले निर्माण गर्नेछन् । फिल्मको छायांकन नेपालसँगै अमेरिका र क्यानडामा हुनेछ । फिल्मलाई आगामी वर्ष रिलिजको लक्ष्य राखिएको छ ।

निर्माण कम्पनिले यस प्रोजेक्टमा विगत पाँच वर्षदेखि काम गरिरहेको बताएको छ । त्यसैले डान्समा पोख्त र कथा सुहाउँदो पात्र खोजीमा रहेको छ ।

एबी इन्टरनेशनलले निर्माण गरेको ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको भदौ ५ मा रिलिज हुँदैछ । यसका अलावा यो कम्पनिको बलिउड फिल्म ‘लैला मन्जु’ छायांकनमा छ ।

प्रतिक्रिया दिनुहोस्