‘आइ एम ट्वान्टी वान’का लागि तयार धिरज र जसिता, २०२१ मा हुनेछ फिल्म रिलिज



 रंगखबर, काठमाडौँ – घोषणा भएको दुई वर्षसम्म पनि फ्लोरमा जान नसकेको फिल्म ‘आइ एम ट्वान्टी वान’ अब अंग्रेजी वर्ष २०२१ मा रिलिज हुने भएको छ । निर्देशक रेनाषा वान्तवा राईले यो फिल्म २०२१ मा रिलिज हुने बताइन ।

धिरज मगर र जसिता गुरुङ स्टारर यो फिल्म चाडैं नै छायांकनमा जाने निर्देशक राईले जानकारी दिइन । फिल्म छायांकनको लागि धिरज र जसिता पनि तयार छन् । सम्पूर्ण छायांकन नेपालमै हुने फिल्मको लागि धिरज र जसिता अहिले काठमाडौँ मै छन् ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म २०७६ को दशैँमा रिलिज हुने भनिएको थियो । तर, आउँदो दशैँमा पनि रिलिज हुनेछैन ।

होम प्रोडक्सनको ‘इन्टू मिन्टू लण्डनमा’बाट निर्देशकीय यात्रा तय गरेकी रेनाषाले बीचमा अभिनेत्री रेखा थापाको अनटाइटल प्रोजेक्ट गर्ने घोषणा गरेकी थिइन् । तर, उक्त फिल्म तत्काललाई रोकिएको छ ।

अहिले रेखाले अभिनेता सौगात मल्ल र दयाहाङ राईलाई लिएर नयाँ फिल्म निर्माणमा जुटेकी छन् ।

प्रतिक्रिया दिनुहोस्