‘तितो सत्य’ का दिपक र दिपाश्रीको बिहे !



रंग खबर, काठमाण्डौ, मंसिर ०१– टेलिभिजनको पर्दामा चर्चित जोडी मानिएका दिपकराज गिरी र दिपाश्री निरौला रियल लाईफको जोडी कहिले बन्लान् ? यिनीहरुलाई दुलहा र दुलहीको रुपमा कहिले देख्न पाइने हो ? आम नेपाली दर्शकको यो कौतहुलतालाई दिपक र दिपाश्रीले  मेटिदिएका छन् ।

deepak and dipa marriage

हरेक साता तितो सत्यमा देखिने यो जोडीले सोमबार बिहे गरेको हो । तर त्यो बिहे रियल लाईफमा भने होइन् । पहिलोपटक नेपालमा भित्रिएको १४ सिटको फोर्ड गाडीको विज्ञापनका लागी उनीहरु दुलहा र दुलही बनेका हुन् । निर्मल शर्मा ‘गैँडा’ ले निर्देशन गरेको यो विज्ञापनमा पत्रकार शान्ति प्रिय पनि दुलहीको पिता बनेका छन् ।

सोमबार छायांकन गरिएको यो विज्ञापन करिब ४५ सेकेण्डको रहने निर्देशक शर्माले बताए । ‘विज्ञापन केही दिनमा नै टेलिभिजनमा देख्न पाइने छ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्