हास्य अभिनेताको ‘कान्छी मट्याङ ट्याङ’ मंसिर २६ देखि



रंग खबर, काठमाण्डौ – हास्य अभिनेता पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको प्रतिक्षित कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ आगामी मंसिर २६ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउने भएको छ ।

Kanchi Matyangtyang

दिलासा क्रियशन प्रालिको ब्यानरमा बनेको फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन मितिका साथै गीत, पोस्टर प्रोमो सार्वजनीक गरिएको हो । कार्यक्रममा निर्माता,लेखक, अभिनेता तथा निर्देशकसमेत रहेका पुरनले ‘कान्छी मट्याङ ट्याङ’ नारी केन्द्रित हास्य प्रदान फिल्म भएको जानकारी दिए । उनले भने, ‘फिल्ममा नेपाली नारीले भोग्नु परेका बिबिध मध्ये एउटा समस्यालाई उजागर गरिएको छ । समस्यामा कमेडीको चास्नी मिलाएर स्वादीलो फिल्म बनाएको छु । त्यसैले सफल हुनेमा म पूर्णबिश्वस्त छु ।’ उनले फिल्ममा आफ्नो हास्य कलाकारिताको अनुभव समेत प्रस्तुत गरेको बताए ।

यसैगरी अभिनेता जयकिसन बस्नेतले फिल्म बिल्कुलै भिन्न कथा, परिवेश र प्रस्तुतीमा बनेको बताए । नवनायिका सारिका केसीले आफूले पहिलोपटकनै निकै महत्वपूर्ण भूमिका निभाएको बताउदै आमनेपाली दर्शकले फिल्म मन पराउनेमा बिश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा अभिनेत्री लक्ष्मी गिरीले कान्छी मट्याङ ट्याङ नामझै रमाइलो मात्र नभइ गहन बिषयमा बनेको मनोरञ्जक फिल्म भएको बताइन् भने हास्य अभिनेता राजाराम पौडेलले आफू र निर्देशक पुरनबीचको सम्बन्धको पनि चर्चा गरेका थिए । उनले फिल्ममा आफूले जोडी मिलाउने दलालको भूमिका निभाएको खुलासा गरे ।

kanchi 2

चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले कुशल अभिनेता पुरन निर्देशन यात्रामा पनि सफल हुने बिश्वास ब्यक्त गरे । कान्छी मट्याङ ट्याङका उपत्यका बितरक गोबिन्द शाहीले फिल्म राजधानीका डेढ दर्जन हलमा प्रदर्शन हुने जानकारी दिए । मोफसलका हलको बितरक भने उमेश कोइराला छन् ।

फिल्ममा जयकिसन, सारिका, राजाराम पौडेल, लक्ष्मी गिरीका साथमा लय संग्रौला, निर्देशक पुरन, सोभित बस्नेत, राजेन्द्र खड्गी, संगीत लिम्बू, माधव पण्डित, सुरेश असिम, रमेश मट्टारे प्रमुख भूमिकामा छन् । त्यसैगरी गजित बिष्ट अनु शाह अथिति भूमिकामा छन् । श्याम रायमाझीले खिचेको फिल्ममा बिकास चौधरी र टंक बुढाथोकीको संगीत,एनबि महर्जनको द्धन्द्ध, कमल राई र सुरेन बसेलको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्