‘ह्याप्पी न्यू इयर’ को स्क्रिप्ट अब ओस्कारको पुस्तकालयमा



रंग खबर, भारत-  बलिउडमा अहिलेसम्मकै अत्याधिक व्यापार गर्न सफल फिल्म ‘ह्याप्पी न्यू इयर’ को स्क्रिप्ट अब ओस्कारको लाइब्रेरीमा राखिने भएको छ । फिल्म निर्देशक फराह खानले ट्वीटरमा स्टाटस लेख्दै सो जानकारी गराएकी हुन् ।

happy new year

शाहरुख खानको मुख्य भूमिका रहेको यस फिल्मले बलिउडका अहिलेसम्मका सबै रेकर्ड तोड्दै ३ सय ५० करोडको भारु कलेक्सन गरेको छ । पुस्तकालयमा राखिएका स्क्रिप्ट फिल्म सम्बन्धी अध्ययन अनुसन्धान गर्नेलाई उपलब्ध गराइन्छ । यसअघि शाहरुखका देवदास र चक दे इण्डिया फिल्को स्क्रिप्ट ओस्कारको पुस्तकालयमा राखिएको थियो ।

शाहरुखका अलावा यस फिल्ममा दिपिका पादुकोण, सोनु सुद, अभिषेक बचन, बोमन इरानी, विभान शाह र ज्याकी श्रफको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्