कमेडियन कपिल शर्माले गरे नेपालीमा सम्बोधन (भिडियो)



रंग खबर, काठमाण्डौं ।  आगामी मंसिर २७ गते एनसेल नेपालको आयोजनमा हुन गइरहेको ‘पर्पल फेष्ट’ मा आउन लागेका चर्चित कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’ का प्रस्तोता कपिल शर्माले सबै दर्शकहरुलाई सहभागी हुन आग्रह गरेका छन् ।

kapil sharma

एनसेलले सार्वजनिक गरेको एक भिडियोमा कपिलले ‘बुद्ध, सगरमाथा अनि जानकीको भूमिमा म तपाईहरुलाई हँसाउन आउँदैछु’ भन्दै नेपालीमा सम्बोधन गरेका छन् । उनले दशरथ रंगशालामा हुने सो कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह समेत गरेका हुन् ।

एनसेल पर्पल फेष्टमा कपिलसँगै बलिउड गायक सोनु निगम नेपाली नेपाली कमेडियनद्धय जितु नेपाल र विल्सन विक्रम राई तथा गायक सुगम पोखरेल र र्यापर यम वुद्धले आफ्नो प्रस्तुती दिनेछन् । कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् ।

कपिलले सम्बोधन गरेको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

[its_video]http://youtu.be/Fwgm-wo8jK8[/its_video]

प्रतिक्रिया दिनुहोस्