९ वर्षपछि ‘विरासत’ लिएर फर्किए गायक कन्काईष्ट



रंग खबर, काठमाण्डौं ।  ९ बर्षको अन्तरालपछि पछि कन्काईष्ट राई पुन आफ्नो तेस्रो एल्बम ‘विरासत’ लिएर दर्शक तथा श्रोता माझ आएका छन् । राजधानी स्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गायक राईले आफ्नो तेस्रो एल्बमको बिमोचन गरे ।

birasat album lunch -5
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायक दीप श्रेष्ठले गायक राईलाई अब उपरान्त संगीत क्षेत्रमा यतिको लामो समयसम्म बिश्राम नलिन आग्रह गरे । कन्काईष्टले आफै संगीतको धेरै पार्टहरु जानेको छ , उसको यो कम्ब्याक सधैको लागि होस् भन्ने शुभकामना दिन चाहन्छु प्रमुख अतिथि गायक श्रेष्ठले कन्काईष्टको प्रसंसामा यी शब्द खर्चिए । साथै उनले प्रतिभाशाली गायकलाई मिडियाले पनि उचित स्थान दिनु पर्नेमा जोड दिए । कन्काईष्टमा प्रतिभा छ तर उसलाई यो क्षेत्रमा निरन्तर रहिरहन मिडियाले पनि साथ् दिनु पर्छ गायक श्रेष्ठले अनुरोध गरे । साथै कार्यक्रममा बोल्दै गीतकार भुपाल राईले कन्काईष्टलाई विरासत को शुभकामना दिए । कन्काईष्ट प्रतिभावान छ तर उसलाई यस क्षेत्रमा निरन्तर लागिरहने हौसला मिडियाले दिनु पर्छ भुपालले पनि आग्रह गरे ।

उनले विरासतले दर्शक तथा श्रोताको मन जित्नेमा आफु विश्वस्त रहेको समेत प्रस्ट्याए । भि रेकर्ड्स प्रा लि ले बजारमा ल्याएको ुविरासतु मा ५ गीत समावेश छन् । तिमीले माया लाउदा , माछिलाई उतिबेलै , एउटा जीवन , पल पल यो जिन्दगी , ईलामको डाडा बोलको ५ गीत समावेश छन् । यसमा भुपालसंगै राजन राई , महेन्द्र राई , रमेश बहादुर थापा , पुष्प नाथ शर्मा लगायतको शब्द रहेको छ । कन्काईष्टको एकल स्वर रहेको ुविरासतु मा राजनराज शिवाकोटी , डाक्टर किरात र स्वयम् गायक कन्काईष्टले संगीत दिएका छन् ।

सञ्चारकर्मी नरेश भट्टराईले संचालन गरेको यस कार्यक्रममा तिमीले माया लाउदा बोलको गीतको भिडियो पनि देखाइएको थियो । सार्वजनिक नभई सकेको यस भिडियोमा गम्भीर बिष्ट र निष्मा घिमिरेको अभिनय रहेको छ भने यसलाई सञ्चारकर्मी सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । कार्यक्रममा एल्बम बजारमा ल्याउन सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्