आठ वर्षिय सौगातले निर्देशन गरेको ‘लभ यू बाबा’ रुचाइयो 



रंग खबर, काठमाण्डौ । आठ वर्षिय सौगात विष्ट निर्देशित फिल्म ‘लभ यू बाबा’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सहभागी अधिकाशं  फिल्म हेरेर आँसु पुछ्दै निस्केका थिए ।

love u baba final

बाबु र छोरीबिच संवेदनाको कथा भन्ने फिल्म ‘लभ यू बाबा’ मा गजित विष्ट र छोरी संगम विष्ट शिर्ष भूमिकामा छन् । यो फिल्म मंसिर २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।  सम्झना पोखरेल र रोशनी बज्रचार्यको लगानी रहेको फिल्म ‘लभ यू बाबा’ मा गजित र संगम सँगै निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको अभिनय छ । दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्ममा गम्भिर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ ।

फिल्मको कथा अभिनेता विष्ट स्वयम्ले तयारे गरेका हुन् । प्रिमियर शो मा आठ वर्षिय निर्देशित ‘लभ यू बाबा’ हेरेपछि सामाजिक सञ्जाल फेसबुकमा सकारात्मक प्रतिक्रिया प्रवाह भएको छ । निर्माता प्रदीप कुमार उदय आफ्नो फेसबुक वालमा लेख्छन्, ‘लभ यू बाबा उत्कृष्ट फिल्म बनेको छ । छायाँकनमै गएर हेरेको हुँदा उनको कामको विश्वास गर्न गाह्रो भएन ।’

त्यस्तै सञ्चारकर्मी सुव्रत आचार्यले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘८ वर्षिय सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ ट्रेलर भन्दा पनि राम्रो छ ।’

 

प्रतिक्रिया दिनुहोस्