यस्तो छ पुष्करको ‘मायाले साह्रै रुवाउदो रैछ’ (भिडियोहरु)



कमल प्रसाई , काठमाण्डौँ, मंसिर २५– गायक पुस्कर सुनुवारको ‘मायाले’ नामक आधुनिक गीति एल्बमबाट ‘मायाले साह्रै रुवाउदो रैछ’ बोलको गीत माथि बनेको म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । साथै सोही समारोहमा गीतकार जीवन लुइटेलको ‘प्रियसी’ नामक एल्बमबाट एड्रिन प्रधानको स्वरमा रहेको ‘होशमा हुनेहरुलाई के थाहा बेहोशिको मजा’ बोलको म्युजिक भिडियो पनि विमोचन गरियो ।

music news

राजधानीस्थित नँया बानेश्वरको फ्रन्डशिप क्याफेमा आयोजित एक कार्यक्रमका माझ दुवै म्युजिक भिडियोहरु वरिष्ठ संगीतकार सुरेश अधिकारीले विमोचन गरेका थिए । दुवै म्युजिक भिडियोको निर्देशन किमोश खेमले गरेका हुन् । खेम विश्वकर्माको शब्द रहेको ‘मायाले सारै रुवाउदो रैछ ‘ बोलको गीतमा संगीत तथा संगीत संयोजन गायक स्वयम सुनुवार कै रहेको छ ।

चर्चित भिडियो सम्पादक ओम प्रसाद प्रसाई को छायांकन र सम्पादन रहेको उक्त म्युजिक भिडियोमा जनक बास्तोला, गुञ्जन मगर र निलम नगरकोटीको अभिनय रहेको छ । युवा गीतकार जीवन लुइटेलको रचना र चर्चित गायक एड्रिन प्रधान को श्वरमा रहेको ‘होशमा हुनेहरुलाई के थाहा बेहोशिको मजा’ बोलको गीतलाई संगीतकार कल्याण सिंहले संगीतबद्ध गर्नु भएको छ भने गोपाल रसाइलीले संगीत संयोजन गर्नु भएको छ। सूर्यदीप घतानेको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियो को छायांकन बिदुर पाण्डेले गर्नु भएको छ भने सम्पादन निशान घिमिरेले गर्नु भएको छ । जसमा रंजन रिजाल र मलिना जोशी को अभिनय रहेको छ ।

कार्यक्रममा इण्टरट्रेनर राजु श्रेष्ठूले दुवै म्युजिक भिडियोको समिक्षा गर्नुहुदै भिडियोहरु नेपाली समाजलाई सकारात्मक संदेश दिने गरि बनेको विचार ब्यक्त गरेका थिए । उनले समीक्षाको क्रममा मायाले सारै रुवाउदो रैछ बोलको म्युजिक भिडिओ हेर्दा आफ्नो आँखा रसाएको बताए । भिडियोलाई नियाल्दा एउटा सुन्दर फिचर फिल्मनै बनेको जस्तो अनुभूति भएको र यस म्युजिक भिडियोमा निर्देशक किमोस खेम र सिनेम्याटोग्राफ़र तथा सम्पादक ओम प्रसाद प्रसाईले आफ्नो सुन्दर खुबी प्रस्तुत गर्नुभएको उनले बताए।

होशमा हुनेहरुलाई के थाहा बेहोशी को मजा’ बोलको म्युजिक भिडियो को सन्दर्भमा समिक्षा गर्दै समिक्षक इण्टरट्रेनर राजु श्रेष्ठले गीतकारका छोटा तर गहकिला शब्दहरुले सजिएको गीतको भिडियो पृथक शैलीको रहेको बताए ।

Watch Songs Here :-

[its_video]http://youtu.be/Ugb9NLto6Tw[/its_video]

[its_video]http://youtu.be/TTjCV8FrQKc[/its_video]

 

प्रतिक्रिया दिनुहोस्