फिल्म क्षेत्र छोडेर कता हराइन अभिनेत्री सुमिना घिमिरे ?



रंग खबर, काठमाण्डौँ ।  फिल्म ‘दुलही’ रिलिज पश्चात अभिनेत्री सुमिना घिमिरे एकाएक चर्चामा आइन् । सुमिनाले पहिलो फिल्ममै अभिनेता राजेश हमालको दुलही बन्ने अवसर पाएकी थिइन् । सुमिनाले छोटो समयमै दर्जन बढी फिल्ममा अभिनय गर्ने अवसर समेत पाइन् ।

sumina ghimire

तर, छोटो समयमा पाएका चर्चा र अवसर सुमिनाका लागि भारी बन्यो । शालिन सुमिना एकाएक हट अवतारमा प्रस्तुत हुन थालिन् । तर, सुमिनाको हट अवतार बजारमा बिकेन । सुमिना अभिनित हट फिल्महरु ‘नाइन ओ क्लक’, ‘अप्रिल फूल’ र ‘लभ फरेभर’ ले सुखद् व्यापार गर्न सकेनन् । यी फिल्मको दुःखद व्यापारिक रिपार्ट सँगै सुमिनाको फिल्मी करिअर धर्म संघटमा पर्यो । गत साता प्रदर्शनमा आएको फिल्म ‘रङ बैजनी’ पनि सुमिनाको फिल्मी करिअरलाई बुस्ट गर्न मद्धत गरेन् । सुमिनाले प्रचारमा बहिस्कार गरेको ‘रङ बैजनी’ को व्यावसायिक पक्ष निकै कमजोर रह्यो ।

सुमिना अभिनित प्रदर्शनको पर्खाइमा एकाध फिल्म मात्रै छन् । पछिल्लो समय सुमिनाको फिल्ममा सक्रियता छैन । सुनिन्छ सुमिना फिल्म क्षेत्र छोडेर घरजम तिर लाग्दैछिन रे ।

प्रतिक्रिया दिनुहोस्