एक्सनले भरिपुर्ण अलविदामा आर्यन डिएसपी ! (भिडियोसहित)



रंग खबर, काठमाण्डौं । पौष २५ गतेबाट रेखा थापाको ‘तथास्तु’ संगै प्रदशर्नमा आउन लागेको फिल्म अलविदाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता आर्यन सिग्देल फिल्ममा डिएसपीको भुमिकामा देखाइएका छन् ।

aryan sigdel

पछिल्लो डेढ मिनेट लामो हल प्रोमोमा डिएसपी आर्यनलाई गुन्डा पिट्दै गरेको देख्न सकिन्छ । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलबिदा’ को सार्वजनिक हल प्रोमोमा आर्यनसँगै निर्माता हसन खान, नायिका अनिता आचार्य लगायतलाई देख्न सकिन्छ । ‘अलबिदा’ एक्सन शैलीको फिल्म हो । एक्सनसँगै फिल्म ‘अलबिदा’ ले मुस्लिम र हिन्दू धर्मबिचको सहिष्णुताको विषयमा पनि बोल्छ ।

तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन छ ।  ‘अलबिदा’ मा हिन्दू धर्मालम्वी आर्यनलाई मुस्लिम र मुस्लिम हसन खानलाई हिन्दू धर्मालम्वीको रुपमा देख्न सकिन्छ । फिल्म आउँदो पुष २५ गर्त प्रदर्शन हुँदैछ ।

प्रोमो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् :-

प्रतिक्रिया दिनुहोस्